शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । शेयरबजार परिसूचक नेप्से आज सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक १.४६ अंकले घट्दै २ हजार ७००.६५ बिन्दुमा झरेको हो ।

तथापि, आज ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ रुपैयाँ बराबरको ८१ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । ११६ कम्पनी शेयर मूल्य बढेको छ भने आज १४३ कम्पनीको मूल्य घटेको छ ।

यसदिन टक्सार पिकुवा खोला हाइड्रोपावर कम्पनी र यम्बलिङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य समान १५ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार