काठमाडौं । त्रिभूवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक, आंशिक शिक्षक र कर्मचारी संयुक्त संघर्ष समिति दबाबमूलक आन्दोलनमा उत्रिएका छन् ।
त्रिभूवन विश्वविद्यालय प्रशासनले सरकारको निर्णय कार्यान्वयन नगरेर आफ्नो स्वायत्तताको दुरुपयोग गरेको उनीहरुको मुख्य आरोप छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८२ साल असार २० गते त्रिभूवन विश्वविद्यालयमा कार्यरत आन्तरिक तथा शैक्षिक जनशक्तिलाई सञ्चित अवकाश पेन्सन प्रणालीमा जोड्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा नआएपछि प्राध्यापकहरुले धर्ना थालेका हुन् ।
आन्दोलनरत प्राध्यापकहरूले नेपाल सरकारको निर्णय त्रि.वि. मा पनि लागू गर, त्रि.वि. मा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको पेन्सन व्यवस्थापन गराउ लगायतका नारा र प्लेकार्डहरू देखाएका थिए ।

