कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–६ गप्कामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
सोही स्थानका ५० वर्षीय रामलाल थारु सोमबार दिउँसो आफ्ना ससुरालीको खेत जोतिरहेका बेला से २ त ३८०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

