दार्चुला र डोटीमा दोहोरीए रास्वपा सभापति

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले राजेशसिंह सामन्तलाई पुनः सभापतिमा चयन गरेको हो ।

समितिको उपसभापतिमा सुरेन्द्रबहादुर खडायत, सचिवमा राजेन्द्र पन्त, सहसचिवमा धिरेन्द्रसिंह बिष्ट सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्ष भने पछि कार्यसमितिले मनोनयन गरिने सभापति सामन्तले जानकारी दिए ।

२१ जनाको जिल्ला कार्यसमितिमा ९ जना पालिका समितिका सभापतिसदस्य रहने व्यवस्था रहने जिल्ला सभापति सामन्तले बताए ।

यस्तै रास्वपा डोटीको जिल्ला अधिवेशनबाट केशव बलायर सभापतिमा पुनः चयन भएका छन् । डोटीको राजपुरस्थित सेती सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले बलायरलाईसभापतिमा सर्वसम्मत चयन गरेको हो । डोटीको शिखरनगरपालिका–११ निवासी बलायर रास्वपाडोटीका संस्थापक सदस्य हुन् । २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमाबलायर रास्वपाको तर्फबाट उम्मेदवार समेत भएकाथिए ।

पहिलो अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिकाउपसभापतिमा धनबहादुर बोहरा, सचिवमाबिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमाशारदा श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमामोहना साउँद, टेक बोगटी,इन्द्रखड्का, खिमबहादुर बिठाडी, लाल भुल, केशव परियार,कविरामखत्री र सन्तोष भण्डारी चयन भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार