छानबिनबाट क्लिनचिटपछि गृहमन्त्रीमा फर्किँदै सुधन गुरुङ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले पूर्व गृहमन्त्री सुधन गुरुङ लाई पुनः गृहमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथ गराउने तयारी भइरहेको छ।

सम्पत्तिबारे प्रश्न उठेपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। त्यसपछि गठन गरिएको छानबिन समितिले उनको सम्पत्तिमा कुनै गम्भीर कैफियत नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेल ले प्रतिवेदन अध्ययनपछि मात्र आवश्यक निर्णय हुने बताएका छन्। छानबिनमा गुरुङको नाममा मुख्यतः धनकुटाको १९ रोपनी १५ आना जग्गा रहेको र उनले उल्लेख गरेका अन्य जग्गा बुवा तथा हजुरबुवाको नाममा रहेको पाइएको छ। समितिले उनको सम्पत्ति विवरणमा ठूलो अनियमितता नदेखिएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार