बजेट निर्माणको अन्तिम तयारीमा सुदूरपश्चिम सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार बजेट तयारीको अन्तिमतिर पुगेको छ । प्रदेशले आगामी आर्थिक वर्षको बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बजेट तयारीको कार्य लगभग अन्तिममा पुगेको हो । सबै मन्त्रालयहरूले बजेट तयारी गरिरहेकोे आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए।

उनका अनुसार मन्त्रालयगत रूपमा बजेट बनाउने कार्य भइरहेका छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ रहेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट कम बजेट आएकोले आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने राज्यमन्त्री बमको भनाइ छ । उनले सम्पन्न हुन नसकेका अधुरा योजनालाई प्राथमिकता दिनेगरी बजेट बनिरहेको उल्लेख गरे।

सङ्घबाटै कम बजेट आएकाले प्रदेशको बजेट बढ्ने सम्भावना नरहेको उनले बताए। “जहाँसम्म बजेटको आकार पहिलेको तुलनामा सानो हुन्छ ” उनले भने। प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्न बाहेक २५ लाख रुपियाँभन्दा कम लागतका विकास आयोजनाहरूमा बजेट विनियोजन नगर्ने नीति तथा कार्यक्रममै उल्लेख गरिसकेको छ ।

२५ लाखभन्दा कम लागतका आयोजनाहरू कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट कार्यान्वयन हुने नीति लिइने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार