आज दिनभरको मौसमः कहाँ-कहाँ हुँदैछ बर्षा ?

काठमाडौं । आज मधेशबाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।

हिजोसम्म मधेशमा पनि तातो दिन भए पनि आज भने मधेशमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ । यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ । पानी पर्न थालेपछि गर्मी क्रमशः केही घट्न थालेको हो ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको तराई भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भेगका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार