धवलशम्शेर राणाले गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं । राप्रपा परित्याग गरेका धवलशम्शेर राणाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।

आज काठमाडौंमा एक भेला आयोजना गरी उनले राप्रपा मक्किसकेकोले नयाँ पार्टी खोल्ने अवस्थामा आफूहरू पुगेको बताएका हुन्।

‘पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौं तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो,’ धवल शम्शेरले भने, ‘त्यो सुखको दिन होइन, दुःखको दिन हो आज तर आफ्नो राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ।’

उनले मक्किसकेको र चर्किसकेको राप्रपामा रहनुभन्दा हिम्मत गरेर अर्को पार्टी बनाउने पनि बताए।

सम्बन्धित समाचार

ताजा समाचार