काठमाडौैं । नेकपा एमालेले ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला हुँदैछ । बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे सुरु भएको कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
अध्यक्ष ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।












