मतदाता नामावली (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मत स्वीकृत

काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

सभाको बुधवारको बैठकले उक्त प्रश्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेको थियो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश तत्कालीन सरकारले अध्यादेश जारी गरेको जानकारी गराउँदै उक्त व्यवस्थाका लागि विधेयक अघि सारिएको बताएक छिन् ।

सम्बन्धित समाचार

ताजा समाचार