काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुसँग आज छलफल गर्ने भएका छन् ।
थापाले आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल लागि बोलाएका हुन् । । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।
१८ जना जेनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको छ । उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा। खनाल लगायत सहभागी हुने छन् ।
सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको छ।
संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ को सदस्यहरूमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य छन् । उक्त समितिले दुई चरणको छलफल गरिसकेको छ। संविधानविदहरुसँग राय सङ्कलनका लागि छलफल गरिसकेको समितिले आज जेनजी अगुवाहरूलाई बोलाइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कांग्रेस सहभागी भएको छैन । शाह नेतृत्वको कार्यदलले जेनजी अगुवाहरूको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए ।

