डडेल्धुरा । एसईई परीक्षा २०८२ को नतिजा सन्तोषजनक नआएपछि डडेल्धुराका एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिएका छन् ।
परशुराम नगरपालिका वडा नं. १२ को शैलेवरी माध्यामिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर बिस्टले नतिजा सन्तोषजनक नआएकाले नैतिकताका आधारमा प्रधानाध्यापकबाट राजिनामा दिएका हुन् । विष्टले २०८१ पुस ८ गतेदेखि प्रधानाध्यापकको जिम्वेवारी सम्हालेका थिए ।
उक्त विद्यालयका २० जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा जम्मा ३ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

