काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । उनले आजदेखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको शाक्यले जानकारी दिए ।

