रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक आव्हान गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने बताइएको छ ।

बैठकमा विभिन्न ६ एजेन्डामा छलफल हुने बताइएको छ । पार्टीको भेला, अधिवेशन विशेष तालिकाबारे बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने बताइएको छ । रास्वपाले जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने तयारी गरेको छ ।

यस्तै, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान र अन्य विषय पनि बैठकका एजेन्डा छन् ।

सम्बन्धित समाचार

ताजा समाचार