कैलाली पुगेर गगनले भनेः कांग्रेस–एमाकै सरकार बन्छ, अलमलमा रहन आवश्यक छैन !

कैलाली । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनबारे कांग्रेस र एमालेबाहेक अन्य समीकरण बन्ने सम्भावना नरहेको बताएका छन् ।

धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गरे ।

अहिले ६ प्रदेशमा कांग्रेस–एमालेबीचको समझदारीमा सरकार रहेको उल्लेख गर्दै सभापति थापाले नेतृत्व परिवर्तन वा सरकार सञ्चालनसम्बन्धी विषय दुई दलबीचकै छलफलको विषय हुने बताए ।

‘हामी प्रदेश निर्वाचनको सम्मुखमा आएका छौं । अहिले कांग्रेस–एमालेबीच संयुक्त सरकार छ । त्यसभित्र नेतृत्व आउने(जाने वा सरकार सञ्चालनसम्बन्धी समझदारी कांग्रेस र एमालेबीचकै छलफलका विषय हुन् । कांग्रेस–एमालेबाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन,’ उनले भने ।

सभापति थापाले मधेश प्रदेशमा हाल कायम सत्ता समीकरणले नै निरन्तरता पाउने पनि स्पष्ट पारे ।

सभापति थापाले कांग्रेस र एमालेबीच सरकारको नीति तथा कार्यक्रम, बजेट र नेतृत्वलगायत विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । प्रदेश सरकारसम्बन्धी उपसभापति विश्वप्रकाश शर्माले छलफल पार्टीका तर्फबाट गरिरहेको पनि उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार