बेवारिसे अवस्थामा भेटियो हराएको २५५ राउन्ड गोली

काठमाडौं । जेनजी आन्दोलनक्रममा हराएको २ सय ५५ राउन्ड गोली फेला पारेको छ ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा गोली फेला परेको हो ।

जेनजी आन्दोलनमा हराएको एसएलआरको २ सय ३१ राउन्ड र ३ सय ३ को २४ राउन्ड गोली फेला परेको हो । अहिले उक्त गोली एलाका प्रहरी कार्यालय बनेपामा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार