दीपेन्द्रसिंह ऐरी नेदरल्यान्ड्सको टोली आम्स्टर्डम फ्लेम्सका लागि आवद्ध

काठमाडौं । आगामी अगस्ट-सेप्टेम्बरमा हुने युरोपियन टी- २० प्रिमियर लिग क्रिकेटका लागि नेपालका टी- २० टोलीका कप्तान तथा एकदिवसीय टोलीका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भएका छन्।

उनी नेदरल्यान्ड्सको टोली आम्स्टर्डम फ्लेम्सका लागि आबद्ध भएका हुन्। माइकल मार्स कप्तान रहेको यो टोलीमा दीपेन्द्रलाई आबद्ध गरिएको पत्रकार बेर्टुस डे जोङले एक्समा लेखेका छन्।

यो टोलीमा क्यानडका युवराज साम्रा र इटालीका अली हसन पनि आबद्ध भएका छन्।

यो लिग नेदरल्यान्ड्सका दुई टोलीसहित आयरल्यान्ड र स्कटल्यान्डका दुई दुई टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुने तय छ। आयोजक तीन देशको क्रिकेट संघ छन्।

यो लिग ६ वटा मैदानमा झण्डै एक महिना चल्नेछ। ऐरी यो सिजन पाकिस्तान सुपर लिग टोली इस्लामाबाद युनाइटेडमा आबद्ध भएका थिए। तर उनले खेल्न भने पाएका थिएनन्।

युरोपियन लिग खेल्नुअघि दीपेन्द्रले बेल्जियमको इयू टी- २० लिग पनि खेल्नेछन्। लिगमा दीपेन्द्र जेबी ब्रुजमा आबद्ध छन्। सो लिगमा नेपालका नौ खेलाडीले खेल्दैछन्। लिग जुनमा आयोजना हुँदैछ।

सम्बन्धित समाचार

ताजा समाचार