बढ्यो सुनचाँदीको दुवैको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १२० रुपैयाँले बढेर तोलामा पाँच हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी तोलामा पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार