स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।

सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो ।

उनलाई सोमबार काठमाडौं महानगरपालिका- २ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतस्रद्द भएको थियो ।

उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार