पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी

नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिएको छ । विशेष महाधिवेशनबाट गठित गगन थापा नेतृत्वको कार्यसमितिलाई निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अस्वीकार गरिरहेको छ ।केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण मागेको छ ।

यसले तल्लो तहसम्म प्रभाव पारेको छ । कांग्रेस विवाद अदालतमा विचाराधीनसमेत रहेको अवस्थामा तल्लो तहसम्मै समान्तरण गतिविधिसमेत हुन थालेका छन् ।यही परिस्थितिमा कांग्रेस पूर्व उपसभापति पूर्णबहादुर खड्का निकट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गगन नेतृत्वको केन्द्रीय समितिसँग समन्वय नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कांग्रेस र एमालेलाई ४र४ मन्त्रालय भागबण्डा गरेर उनले बुधबार मन्त्री हेरफेर गरेका हुन् ।गण्डकीमा पाण्डे नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार छ ।

तर पाण्डे एमाले बाहेककै दलहरूबाट विश्वासको मत लिई मुख्यमन्त्रीमा दोहोरिएका थिए । प्रदेश सरकार र गठबन्धनबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रले निर्णय गर्न सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतले गण्डकीका मुख्यमन्त्रीलाई पनि भनेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार