कोशीमा सुरू भयो समस्याग्रस्त सहकारीको बचत फिर्ता

-समस्याग्रस्त सहकारीमा रकम बचत गरेका सर्वसाधारणलाई कोशी प्रदेश सरकारको पहलमा रकम फिर्ता गर्ने क्रम सुरू भएको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुनसरीको इटहरीस्थित अम्बे–कोशी बचत तथा ऋण सहकारीका बचतकर्तालाई रकम फिर्ता दिन सुरू गरेको हो। मन्त्रालयका अनुसार संस्थाबाट ऋण लगेका ऋणी सदस्यहरूबाट उठेको रकम नै साना बचतकर्तालाई फिर्ता गर्ने क्रम सुरू भएको हो।

सोमबार विराटनगरमा मन्त्रालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको विवरणअनुसार पहिलो चरणमा २८७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने भएका छन्। समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार साना बचतकर्तालाई प्राथमिकतामा राख्दै २० हजार रुपैयाँसम्म जम्मा गरेकाहरूको रकम फिर्ता दिन सुरू भएको हो। २०८१ मंसिर १८ गते समिति गठन भएपछि पुस महिनामै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार