संसदीय निर्वाचनमा रास्वपाले बनायो तीन ऐतिहासिक रेकर्ड

हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रत्यक्षतर्फ निर्वाचित सिट सङ्ख्या र प्रतिशतको आधारमा रास्वपाले रेकर्ड कायम गरेको हो ।हालसम्म आयोगको आधिकारिक मतपरिणाम अनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा सिटमा अग्रता कायम गरेको छ । एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै सङ्ख्या निर्वाचित भएको सङ्ख्या इतिहासमा पहिलोपटक हो ।यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले १२० सिटमा जित हासिल गरेको थियो ।

तर, त्यतिबेला नेपालमा २४० वटा निर्वाचन क्षेत्र रहेको थियो । अहिले १६५ निर्वाचन क्षेत्रमै रास्वपाले त्योभन्दा धेरैको रेकर्ड बनाएको हो ।प्रत्यक्षतर्फ निर्वाचित प्रतिशत पनि रास्वपाले बनाएको अर्को रेकर्ड हो । १२१ सिटमा जित निकाल्नु भनेको ७३।३३ प्रतिशत सिट जित्नु हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ सिटमा जित हासिल गरेको थियो । यो ६७।८९ प्रतिशत बराबर हो । त्यसपछिका कुनै पनि चुनावमा त्योभन्दा राम्रो परिणाम प्राप्त भएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार