मनोनयन दर्ताको लागि रुकुमपूर्व जाँदै प्रचण्ड

रुपन्देही । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिन लागेका नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै रुकुमपूर्व पुग्ने भएका छन्।

काठमाडौंबाट नेपालगञ्ज हुँदै रुकुमपूर्व आउने कार्यक्रम तय भएको रुकुमपूर्व जिल्ला संयोजक कुमारी बरालले जानकारी दिइन्। उनका अनुसार आज साँझ ५ बजे स्वागत कार्यक्रम आयोजना गरिएको छ भने भोलि मनोनयन दर्ताको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रचण्डले मंगलबार उम्मेदवारी दर्ता गरेपछि बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ। माओवादी सशस्त्र संघर्षको आधार क्षेत्रका रूपमा चिनिने रुकुमपूर्वबाट उनी पहिलोपटक प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन्।

यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा प्रचण्डले रोल्पाबाट जित हासिल गरेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार