सिलौटाको प्रहारबाट महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा भएको घरेलु झगडाले एक महिलाको ज्यान गएको छ। वादविवादकै क्रममा सिलौटाले प्रहार गर्दा ३८ वर्षीया लालमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतककै श्रीमान् ३७ वर्षीय लनाम तामाङलाई पक्राउ गरेको छ। उनी भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमनामा डेरा गरी बस्दै आएका थिए भने उनको स्थायी ठेगाना काभ्रे तेमाल गाउँपालिका–९ रहेको बताइएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान श्रीमान्–श्रीमतीबीच विवाद चर्किँदै जाँदा लनामले सिलौटो प्रहार गरेका थिए। गम्भीर घाइते भएकी लालमायाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले लनामलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार