निर्वाचन आयोगमा कांग्रेसको बाक्लो उपस्थिति, सुरक्षाकर्मी परिचालन बढाइयो

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवाद चर्किँदै जाँदा त्यसको प्रभाव निर्वाचन आयोगसम्म पुगेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिक मान्नुपर्ने दाबीसहित नेता–कार्यकर्ताको ठूलो जमघट भएपछि आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

कांग्रेसको देउवा पक्षका नेता तथा कार्यकर्ताहरू शुक्रबार बिहानै निर्वाचन आयोग पुगेका हुन्। स्थिति संवेदनशील बन्दै गएपछि सुरक्षाकर्मीको संख्या थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

आयोग स्रोतका अनुसार देउवा पक्षका केन्द्रीय सदस्य तथा विभिन्न जिल्लाका सभापतिहरू कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँग छलफलका लागि आयोगको कार्यकक्षमा पुगेका छन्। यसैबीच, आयोग परिसर बाहिर तरुण दलका कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

बुधबार सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ। यही आन्तरिक विवादका कारण आयोग क्षेत्र तनावपूर्ण बनेको सुरक्षा निकायको आकलन छ।

सम्बन्धित समाचार

ताजा समाचार