काँग्रेस विशेष महाधिवेशनमा राखियो संवैधानिक राजतन्त्र पुनःबहाली गर्ने प्रस्ताव

काठमाडौं । नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग छलफल गर्नुपर्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसको विशेष महाधिवेशनका क्रममा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो प्रश्ताव गरेका हुन् ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गर्न माग गरे । गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनले बताए । उनले देश र जनता बचाउनु पहिलो काम भएको पनि बताए । उनले देशमाथि परिरहेको संकटको समाधान गर्न नेपाली काँग्रेसको नेतृत्वको खोजि भइरहेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेस बचाउनु पहिलो काम हो । देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली काँग्रेसको नेतृत्व खोजेको छ । तसर्थ परिमार्जित, देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी महाधिवेशनबाट चयन गरौँ । विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौँ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गरौँ । संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग विचार विमर्श गरौँ । गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गरौँ ।’

उनले देश विकासमा जुट्न अब ढिलो भइसकेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार