बालेन शाह र सुदन गुरुङबीच गोप्य छलफल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङबीच बिहीबार गोप्य छलफल भएको छ।

श्रोतका अनुसार, यो भेट ललितपुरको ज्वागल क्षेत्रस्थित कुमार बेनको निवासमा भएको हो। छलफल हालसम्म जारी रहेको र त्यसमा सहभागी व्यक्तिहरूले छलफलको विस्तृत विषय सार्वजनिक गर्न अस्वीकार गरेका छन्।

राजनीति र युवा नेतृत्वका क्षेत्रमा सक्रिय बालेन शाह र सुदन गुरुङबीचको यो बैठकले आगामी योजना वा संयुक्त पहलसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार