काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको नाम कालीकोटबाट एकल सिफारिस गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उनको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको एक नेताले बताएका हुन्। प्रेमबहादुर सिंह र महेन्द्रबहादुर शाही लगायतका जिल्लाका नेताहरूको बसाईका क्रममा संयोजक दाहाललाई नै सर्वसम्मत गर्ने निर्णय भएको नेकपाका एक जिल्ला तहका नेताले बताएका छन्।
कालीकोटमा शान्ति प्रक्रियापछि लगातार माओवादीले जित्दै आएको छ ।

