सम्झौता नभए आन्दोलनः दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसहित भएको वार्तापछि प्रसाईंले सरकारले आइतबारसम्म सम्झौता गर्ने प्रतिबद्धता जनाएको बताए। तर तोकिएको समयमै सहमति नजुटे लघुवित्त, सहकारी र बैंकविरुद्ध गाउँगाउँमा आन्दोलन गर्ने उनको भनाइ छ।

उनले आगामी २१ फागुनको निर्वाचनसमेत बिथोल्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार