काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन शुरु भएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा शुरु भएको अधिवेशनमा उपप्रमुख सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्षहरू, नगर सभा सदस्यहरू र महानगरका कर्मचारीहरूको उपस्थिति छ । अधिवेशनको पहिलो दिन महानगरको चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रश्तुत गर्दै शहरको फोहोर व्यवस्थापन, स्मार्ट सिटी अवधारणा कार्यान्वयन, सम्पदा संरक्षण र सार्वजनिक शिक्षा सुधारमा भएका कामहरूको विवरण दिइएको छ । आगामी दिनमा ट्राफिक व्यवस्थापन र हरित शहर निर्माणलाई प्राथमिकतामा राख्ने बताइएको छ ।
महानगरपालिकाले यस अधिवेशनलाई उत्पादनमुलक बनाउने प्रतिवद्धता जनाएको छ ।

