काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको आसन्न महाधिवेशन र निर्वाचनमा नयाँ पुस्ता, विशेष गरी जेनजीलाई प्राथमिकतामा राख्ने निर्णय लिएको छ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले यस्तो धारणा प्रस्तुत गरेका हुन्। उनका अनुसार युवाको मागलाई आत्मसात गर्दै पार्टीलाई रुपान्तरण गर्ने चरणमा माओवादी अघि बढेको छ।
बैठकमा सहभागी एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, “आगामी महाधिवेशन र निर्वाचनमा जेनजी तथा युवा पुस्तालाई केन्द्रमा राखिन्छ।”
माओवादीले यसअघि नै मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी घोषणा गरिसकेको छ। त्यही तयारीअन्तर्गत प्रचण्डले केन्द्रीय समितिको बैठकमा पदाधिकारी र समितिहरू भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव पनि प्रस्तुत गरेका छन्।

