संचार मन्त्रीको पहिलो कदमः १० शहरमा सार्वजनिक वाइफाइ

काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेको पहिलो दिनमै ठुलो निर्णय लिएका छन् । उनले आगामी पाँच महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन्।

सपथ ग्रहणपछि सोमबार मन्त्रालय पुगेका मन्त्री खरेलले अधिकारीहरुसँगको छलफलमा प्रारम्भिक प्रस्ताव परिमार्जन गर्दै यो निर्णय गरेका हुन्। उनका अनुसार, काठमाडौं बाहेकका प्रमुख शहरहरूमा सार्वजनिक स्थानमार्फत वाइफाइ सुविधा विस्तार गरिनेछ।

मन्त्री खरेलले भने, “सूचना प्रविधि पहुँच सबै नागरिकको आधारभूत आवश्यकता हो, त्यसलाई सरल र सहज बनाउन सरकार अग्रसर हुनेछ।”

सम्बन्धित समाचार

ताजा समाचार