काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भोलि (मङ्गलबार) बिहान बस्नेगरी बैठक आह्वान गरेका हुन्। बैठकमा निर्वाचन रणनीति तय गर्ने, वर्तमान परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा संकलन गर्ने लगायत विषयमा छलफल हुने बताइएको छ।

