यी हुन् गाजर खानुको ५ उत्कृष्ट फाइदा

काठमाडौं । सन्तुलित आहारका लागि प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खाद्यपदार्थ आवश्यक मानिन्छ । यस्तै महत्वपूर्ण पोषण तत्वले भरिएको एक उपयोगी तरकारी हो, गाजर । गाजर पोषणको खानी मात्र होइन, यो स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक मानिन्छ ।

गाजरको महत्त्वलाई जनमानसमा फैलाउनका लागि हरेक वर्ष अप्रिल ४ तारिखमा अन्तर्राष्ट्रिय गाजर दिवस मनाइन्छ । यो दिवस सन् २००३ देखि मनाउन थालिएको हो भने सन् २०१२ देखि यसलाई अन्तर्राष्ट्रिय रूपमा मनाइने गरिएको छ । फ्रान्स, इटाली, स्वीडेन, अष्ट्रेलिया, बेलायत, अमेरिका र जापानजस्ता देशहरूमा यो दिवस विविध कार्यक्रम र ‘गाजर पार्टी’हरू आयोजना गरेर मनाइन्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, नियमित रूपमा गाजर खानु शरीरका विभिन्न अङ्गहरूका लागि लाभदायक हुन्छ । यहाँ गाजर खाँदाका आठ प्रमुख फाइदाहरू उल्लेख गरिएको छस्

१. आँखाको स्वास्थ्य सुधार
गाजरमा प्रशस्त मात्रामा पाइने भिटामिन ए, बिटा(क्यारोटिन, ल्युटिन र जेक्सान्थिन जस्ता तत्वहरूले आँखाको दृष्टि क्षमतामा सुधार ल्याउँछन् । गाजरले अन्धोपन रोक्न सहयोग पुर्याउँछ ।

२. पाचन प्रणाली सुदृढ
गाजरमा पाइने फाइबरले आन्द्राको चालमा सुधार ल्याउँछ र कब्जियतको समस्या हटाउन मद्दत गर्छ । यसले सम्पूर्ण पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

३. छालाको सौन्दर्य र स्वास्थ्य
गाजरले छालालाई हाइड्रेट राख्ने र कोलाजेन उत्पादन बढाउने काम गर्छ । यसले छालामा चमक ल्याउँछ र डढेलो तथा सुक्खा छालाको समस्या कम गर्छ ।

४. तौल नियन्त्रण
गाजर कम क्यालोरी र उच्च फाइबरयुक्त भएको कारणले गर्दा पेट लामो समयसम्म भरिएको महसुस हुन्छ । यसले अनावश्यक खानपानबाट जोगाउँछ र तौल व्यवस्थापनमा सहायक हुन्छ ।

५. मुख स्वास्थ्यमा सुधार
गाजर चपाउँदा रयाल उत्पादन बढाउँछ, जसले मुखभित्रको ब्याक्टेरिया हटाउन सहयोग पुर्याउँछ । यसले दाँत र गिजाको समस्या कम गर्न मद्दत गर्छ ।

सम्बन्धित समाचार

ताजा समाचार