काठमाडौं । मुलुकमा पछिल्ला दिनहरूमा देखिएका राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै ६ बुँदे प्रेस वक्तव्य जारी गरेको छ । पार्टीको कार्यसम्पादन समितिको निर्णयअनुसार उपसभापति पूर्णबहादुर खड्काले वक्तव्य सार्वजनिक गरेका हुन् ।
कांग्रेसले भदौ २३ र २४ गते जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा युवाहरूले ज्यान गुमाउनु र खर्बौँ मूल्य बराबरको सम्पत्ति नष्ट हुनु अत्यन्तै दुःखद भएको जनाएको छ । सो घटनामा छानबिन गर्न सरकारलाई यसअघि नै माग गरिसकेको र पुनः स्मरण गराइएको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनलगायत राज्यका संरचना तथा निजी सम्पत्तिमाथि भएको आक्रमण अकल्पनीय, निन्दनीय र भत्सनायोग्य रहेको भन्दै सरकारले तत्काल क्षतिको यथार्थ आकलन गर्नुपर्नेमा जोड दिइएको छ ।
लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि प्रदर्शनका क्रममा भएको अमानवीय आक्रमणलाई पनि वक्तव्यले कडा शब्दमा भर्त्सना गरेको छ । साथै, पार्टीले युवाहरू र आफ्ना कार्यकर्ताहरूको भावनाप्रति सम्मान प्रकट गर्दै विद्यमान राजनीतिक परिस्थितिमा एकताबद्ध भई स्पष्ट धारणा तय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
नेपाली कांग्रेसले जारी गरेको वक्तव्यमा मुलुकलाई थप संकटतर्फ धकेल्न नहुने र लोकतान्त्रिक मूल्य तथा प्रणालीको रक्षा गर्न सबै दल र पक्षहरू जिम्मेवार रहनुपर्ने आवश्यकता औंल्याइएको छ ।
यस्तोछ प्रेस वक्तव्यः



