दशैंका लागि सुकिला नोट साट्न शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि नयाँ नोट सटही शुरु गरेका छन् । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही शुरु गरिएको हो ।

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरूले आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएको जानकारी दिए ।

बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार