काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन आज सुन तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको दुई हजार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

