काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा आज दिउँसोपछि पानी परेको छ । सोलुखुम्बु, खोटाङ, उदयपुर, नवलपरासीलगायतका जिल्लामा पानी परेको हो ।
काठमाण्डौमा पानीपोखरी, बबरमहल, एअरपोर्ट क्षेत्र र ललितपुरको टीकाथली, जाउलाखेलसहित विभिन्न ठाउँमा पानी परेको हो । पानी पर्ने प्रणाली कमजोर नै रहेको र छोटो अवधिको वर्षा भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
गएराति र आज बिहान लुम्बिनी प्रदेशसहित पश्चिम क्षेत्र कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी परेको थियो ।

