काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा दुई जना मृत भेटिएका छन् । प्रहरीका अनुसार उनीहरू एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी हरि खतिवडाले प्रारम्भिक जानकारी दिँदै झुण्डिएको अवस्थामा अन्दाजी ३० देखि ३५ वर्ष उमेर समूहका महिला र पुरुषको शव देखिएको बताए।
हाल घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने प्रक्रिया अगाडि बढाइरहेको छ भने मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

