काठमाडौं । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ(आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।
निजामती कर्मचारीहरूको बाहुल्य रहेको ‘सार्वजनिक नीति संवाद’ मा कर्मचारीहरूले सरसफाइका लागि आह्वान गरेका हुन् ।

