आन्तरिक छलफलमा प्रधानसेनापति, जेन्जीसँग वार्ता हुँदै

काठमाडौं । प्रधानसेनापति अशोक सिग्देल आन्तरिक छलफलमा जुटेका छन्। स्रोतका अनुसार जेन्जीसँग वार्ता गर्नका लागि नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति सिग्देलले आन्तरिक छलफल अघि बढाएका छन्।

उनले विद्यमान परिस्थिति र आगामी रणनीति तय गर्न मुख्यसचिव एकराज अर्याल, गृह सचिव, सेना तथा सुरक्षा निकायका उच्चअधिकारीका बीचमा निरन्तर छलफल गरिरहेका छन् । उनीहरुले जेन्जीसँग पनि वार्ता गर्ने तयारी गरिरहेको स्रोतको भनाई छ। अहिले आन्दोलनरत जेन्जीको समूहका नेतृत्व वार्तामा पुगेरनपुगेको भने खुल्न सकेको छैन।

मंगलबार नै सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। उनले भिडियो वक्तव्य जारी गरेर आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।

सम्बन्धित समाचार

ताजा समाचार