काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामनासहित बिदाई गरेका छन् ।
गृहमन्त्री लेखकले सफल कार्यकाल सम्पन्न गरी सेवा निवृत्त भएका थापालाई बधाई दिँदै उनको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
उनले थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक र इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि राष्ट्र सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

