विदेशी स्याउको आयात रोक्न राप्रपा सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई प्रोत्साहन गर्न र विदेशी स्याउको आयात रोक्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘जुम्ली स्याऊ खाऔं, विदेशी स्याऊ रोकौं’ भन्ने नाराका साथ कृषिमन्त्री र गृहमन्त्रीलाई तत्काल यस विषयमा आवश्यक कदम चाल्न आग्रह गरे ।

सांसद शाहीले जुम्लाको स्याऊको बजार विस्तारका लागि सहयोग गर्न सरकारलाई अपिल गरे । नेपालमा उत्पादन हुने कृषि उपजलाई प्रोत्साहन गर्दा किसानको जीवनस्तरमा सुधार आउनुका साथै देशको अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको भनाइ छ।

सम्बन्धित समाचार

ताजा समाचार