नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजार रुपैयाँ बढेर कारोबार भएको हो ।

मंगलबार २ लाख ५ हजार ९०० रुपैयाँका कारोबार भएको सुन आज बढेर २ लाख ७ हजार ९ सय कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।

यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदी आज २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार