मुसलधारे वर्षाः दुई जनाको मृत्यु, २६ हजार बढी विस्थापित

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्त र भित्री मंगोलिया स्वायत्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । गत बुधवारदेखि भित्री मंगोलियामा मुसलधारे वर्षा जारी छ । जसले गर्दा धेरै क्षेत्रमा बाढी आएको छ ।

सिलिङगोल लिग र ओर्डोस र उलानकाब शहरहरूमा २२ हजार भन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ । क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका अनुसार १४ हजार भन्दा बढी मेसिनरीका सेटहरू, ७३७ ड्रेनेज उपकरणहरू र ८ हजार २८७ उद्धार सामग्रीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ । हेबेईको बाओडिङ शहरको फुपिङ काउन्टीमा, शुक्रवारदेखि शुरु भएको पछिल्लो भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता छन् ।

वर्षाले लगभग २०३.५ मिलियन युआन ९लगभग २८.५ मिलियन अमेरिकी डलर० को प्रत्यक्ष आर्थिक क्षति भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार