रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै वाइसिएलको धर्ना

काठमाडौं । रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै योङ कम्युनिष्ट लिग, नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

आईतवार कृषि सामाग्री कम्पनी लिमिटेडमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो । प्रदर्शनका क्रममा बोल्दै योङ कम्युनिष्ट लिग, नेपालका अध्यक्ष पुष्प ओलीले नेपाल कृषिप्रधान देश भएको र कृषकलाई कृषि बालीका लागि आवश्यक पर्ने रासयनिक मलको अभाव विगत लामो समयदेखि भइरहेको बताएका छन् । उनले रासयनिक मलको समस्या दीर्घकालीनरुपमा समाधान गर्न आग्रह गरेका थिए । तत्काल देशभर मल आपूर्तिको सुनिश्चितता नभए अभियानलाई देशव्यापी बनाउने र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वाइसिएलले सरकारले रासायनिक मल पहुँचको आधारमा वितरण गरेको भन्दै यस्ता कार्य अविलम्व रोकेर आपूर्ति सुचारु गर्न माग गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार