नदीमा डुबेर युवकको मृत्यु

कैलाली । कैलालीमा नदीमा डुबेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका– ४ कटुवापुरका १८ वर्षिय सुमित चौधरीको नदीमा डुबेर मृत्यु भएको हो ।

माछा मार्ने क्रममा उनको नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । स्थानीयबासीका अनुसार घर नजिकै रहेको पथरैया नदीमा साथीहरुसँग सुमित माछा मार्न गएका थिए । माछा मार्ने क्रममा गहिरो पानीमा फसेका उनको केही समय पछि उद्धार गरिएको थियो ।

उद्धारपछि उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार