सुदूरपश्चिमका विभिन्न ठाउँमा ठूलो पानी पर्दै

काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ । कैलाली, कञ्चनपुर, दाङ र अर्घाखाँचीमा बिहानैदेखि ठूलो पानी परिरहेको छ ।

दाङको पूर्वी भू–भाग तथा तथा अर्घाखाँची र कपिलवस्तुका पश्चिमी भू–भागका केही ठाउँहरुमा अझै केही समय ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कैलालीको बुडिआम क्षेत्र भइ बहने काडा खोला लगायत ससाना खोल्सा, अर्घाखाँची र दाङ क्षेत्र भई बहने स–साना खोल्सा तथा कञ्चनपुरको हनुमाननगर आसपास भई बहने चौधर खोला र ससाना खोलाहरुमा सतकर्ता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका पहाडी भू–भागका एक, दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार