गुल्मी । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।
बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका–४, दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गएराति नै उनीहरूलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गएराति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।
उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

