राइनास नगरपालिकाले बाड्यो मृतकका नाममा वृृद्धभत्ता

काठमाडौं । राईनास नगरपालिकामा मृतकका नाममा वृद्धभत्ता वितरण भएको पाईएको छ । महालेखा परिक्षकको अनुसार राइनास नगरपालिकाले २९ जना मरेका मान्छेको नाममा १ लाख ४६ हजार ३ सय २७ रुपैयाँ वृद्धभत्ता भुक्तानी भएको देखाएको छ ।

महालेखा परिक्षकको वेभसाईडमा उक्त तथ्यांक देखिए पछि नगरबासीहरुले चर्को बिरोध गरेका छन् । यो बिषयमा नगरपालिकाका प्रवक्ता गोविन्दराज चिलुवालले महालेखाको कार्यलयका त्रुटीका कारण वेभसाईडमा आएको भन्दै उक्त रकम  नेपाल संचित कोषमा फिर्ता भैसकेका भन्ने प्रतिक्रिया दिएपनि कोलोनीका लेखापाल सन्तोष लम्सालले भने यो बिषयमा आफुहरुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । लम्साल भन्छन्,—‘यो बर्षको लेखा परिक्षणको प्रारम्भिक रिपोर्ट साउन महिनामा मात्र सार्वजानिक हुन्छ तर यो अघिल्लो बर्षको रिपोर्ट हुनुपर्छ । तर नगरपालीकाका प्रवक्ताका भनाईलाई आधार मान्नुहुन्छ भने यदि कोलोनीमा पैसा फिर्ता भैसकेको भए उहाँहरुसँग डिपोजिट भौचर त हुन पर्ने नि ?’

यो बिषयमा पुनः छिटो पोष्ट डटकमले प्रश्न गर्दा प्रवक्ता चिलुवालले पंञ्जीकरण प्रमुख मिलन पोख्रेलसँग सबै कुरा गर्नु भन्ने जवाफ दिए । उता प्रमुख पोख्रेलले भने यो प्राविधिक त्रुटी भएको भन्दै आजै प्रेस बिज्ञप्ती जारी गर्ने र उक्त डिपोजिट भौचर पनि सार्वजानिक गर्ने जानकारी असार ३ गते मंगलबार दिएपनि बुधबारसम्म पनि पालिकाको कुनै आधिकारीक धारणा सार्वजानिक नहुनुले ‘दालमा कुछ काला हे’ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

आर्थिक प्रस्टतामा त्यति धेरै जस नपाउने गरेको राईनास नगरपालिकामा बेररुजुको अवस्था पनि कहाली लाग्दो नै छ । असक्षम जनप्रतिनिधी र कमजोर प्रशासनिक क्षमता भएका व्यक्ति राईनासको वागडोर सम्हाल्न पुग्नुनै राईनासको अधोगती हुँदै गएको राईनासबासी बताउँछन् ।

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार